Wednesday, May 5, 2021

 सूचना : सूचना : सूचना :

Nepal Stock Update पेजलाइ Follow गर्नुहुने सम्पूर्ण सुभेच्छुकहरुमा हार्दिक धन्यवाद ब्यक्त गर्दै यहाँहरुबाट प्राप्त सुझाबलाइ अनुसरण गर्ने क्रममा आगामी हप्तादेखि Purely Technical Signal काे आधारमा समेत Nepse र केहि Scripts हरुकाे बारेमा Nepal Stock Update ले शिक्षामुलक धारणा ब्यक्त गर्नेछ । खासगरी अहिलेकाे अवस्थामा धेरै भन्दा धेरै नवप्रवेशी लगानीकर्ताहरु शेयर बजारकाे बारेमा बुझ्न ज्यादै उत्सुक रहनुभएकाे पाइएकाे र शेयर बजारकाे बारेमा हाल धेरैजसाे भ्रमपूर्ण समाचारहरु प्रकाशन हुने र त्यसबाट लगानीकर्तामा भ्रम शिर्जना हुने देखिएकाेले त्यसलाइ चिर्न याे सानाे प्रयास काेशेढुंगा सावित हुने बिस्वास लिइएकाे छ । त्यसकाे अलावा कंपनीकाे Fundamental अवस्थाकाे बारेमा पनि नियमित जानकारी गराइनेनैछ । यस पेज कुनै बिजनेस पेज नभै नितान्त सामाजिक रुपमा Nepal Stock Update ले लामाे समयदेखिकाे अनुभवलाइ लगानीकर्ता सामु शेयर गर्न र अनुभवी लगानीकर्ताहरुकाे अनुभव साटासाट गर्नकाे लागि मात्र तयार पारिएकाे हाे । यसभन्दा पहिले पनि समय समयमा शेयर बजार सम्वन्धी अन्तराष्ट्रीय ख्याती प्राप्त ब्यक्तित्वहरुकाे बिचार र तिनले अपनाउने सुत्रहरुलाइ यस पेच मार्फत लगानीकर्ता सामु पस्कदै आउनुकाे साथसाथै बिभिन्न पत्रपत्रिकामा प्रकाशित शेयर बजार सम्बन्धि सूचनामूलक सामग्रि पाेस्ट हुदै‌ आएकाे थियाे । अब उप्रान्त Nepal Stock Update ले बजारकाे बिषयमा आफ्नाे अनुभव तथा तिनकाे आधारमा गरिएकाे प्राविधिक बिश्लेषण र Fundamental Data हरुलाइ साप्ताहिक रुपमा पाेष्ट गर्नेछ । यहाँ प्रकाशित हुने नियमित पाेष्टहरुलाइ Nepal Stock Update काे आफ्नै Blog -https://nepalstockupdate.blogspot.com/ मा समेत सुरक्षित गरिनेछ । लगानी गर्दा Money Management र Risk Factor लाइ सधैं आत्मसात गर्नुपर्ने हुँदा यसबाट हुने हानी नाेक्सानीमा स्वयं जिम्मेवार हुनुपर्नेछ ।

(यसभन्दा अगाडि यस Blog मा अंग्रेजीमा मात्र प्रकाशित हुने गरेकाेमा अब उप्रान्त नेपाली र अंग्रेजी दुबैमा प्रकाशित हुनेछ )

No comments:

Post a Comment