Saturday, May 29, 2021

नेप्सेको आगामी भविष्य र अल्पकालिन बजारको दिशा

  (Published Date 2021-05-30)

शेयर बजारमा लामो समय अनुसन्धानमा संलग्न विज्ञहरुले के कुरा पत्ता लगाएका छन् भने यो एउटा निरन्तर निश्चित चक्रमा (cycle) चल्ने गर्दछ । बजार घट्नु र बढ्नु यस्को विशेषता हो त्यसैले गर्दा नै यस्ले निरन्तरता पाएको छ । खास गरी शेयर बजार २ देखि ४ वर्षको बुलिस र वियरिस (Bullish & Bearish) चक्रमा चल्ने गरेको इतिहासले पुष्टी गर्दछ तर यस पटकको चक्र यति नै हो भन्न भने कसैले सक्दैन । 

नेपालको शेयर बजारले पनि अन्तराष्ट्रीय चक्रलाई पछ्याउँदै आएको छ । यस मानेमा नेपाली शेयर बजारले पनि हालै मात्र लामो वियरिस चक्र (Bearish Cycle) पुरा गरी बुलिस चक्रमा प्रवेश गरेकोमा यस्को निरन्तरता करीब ४ वर्षको हुने अनुमान गरिएकोछ ।

विगतको वियरिस चक्र पश्चात बुलिस चक्रमा प्रवेश गरेको शेयर बजारले झण्डै ६ गुणाको बृद्धि (Six times Increased) गरेको हुँदा यस पटकको बुलिस चक्रले पनि सोहि अनुपातमा बृद्धि गर्ने हो भने आगामी ३ देखी ४ वर्षको विचमा नेप्से झण्डै ६६०० देखी ९००० को हाराहारीमा पुग्ने विज्ञहरुले अनुमान गरेका छन् ।

बजारको स्थायित्वको लागि बृद्धिसगंसगैं करेक्सन (Correction) आउनुपर्दछ । जति धेरै बृद्धि हुन्छ सोहि अनुपातमा करेक्सनको मात्रा पनि बढी हुन्छ । चाहे वियरिस वा चाहे बुलिस जुनसकुै अवस्थामा पनि बृद्धि र करेक्सनको मात्राको अनुपात दर लगभग उस्तै उस्तै हुन्छ ।

Bollinger Band, MACD, ADX Line



बजारको बृद्धि कहाँसम्म होला र करेक्सन आउला भन्नको लागि शेयर बजारको टेक्निकल एनालिसिसले (Technical Analysis) मद्धत गर्दछ । हुनत विभिन्न इन्डिकेटरहरुले फरक फरक अनुपातमा बजारको उतार चढाबलाई संकेत गरेको पाइन्छ तर पनि अधिकांश इन्डिकेटरहरुले जुन कुराको संकेत गर्दछ त्यसलाई अनुशरण गर्ने हो भने सफलताको मात्रा ६० प्रतिशत वा सो भन्दा बढी पुग्ने विज्ञहरुको तर्क छ ।

नेपाली शेयर बजारमा विगतमा १८८१ बाट आएको लामो करेक्सन उतार चढाबको विच झण्डै ११०० को हाराहारीमा आएर रोकिएको थियो । त्यसरी नै अहिले ११०० को हाराहारीबाट बढ्न थालेको बजार विभिन्न उतार चढाबका विच गत हप्ता  २८१५ को हाराहारीमा पुगेको छ । गत केहि दिनदेखी बजार साइडवेजमा (Sideways) चलेको देख्न सकिन्छ ।

विभिन्न टेक्निकल इन्डिकेटरको संकेतलाई अनुशरण गर्ने हो भने गत हप्ता झैं यस हप्ता पनि पर्ख र हेर को अवस्थामा बजार रहेको बुझ्न सकिन्छ । 

RSI र MACD ले बजारलाई अझै Bullish Signal दिइरहेको भए पनि नेप्सेले Bollinger Band को माथिल्लो Band छोएर अलि तल आएकोले बजार Correction Mode मा पुगेको हो कि भन्ने संकेत गरेको छ ।

ADX Line ले बजार बढ्न सक्ने कुराको पुष्टी नगरेको अवस्थामा घटी हाल्ने पनि स्पष्ट संकेत गरेको छैन । Histogram मा पनि केहि Negative Turn आएको छ । यस मानेमा बजारको केहि दिनको कारोबारलाई लगानीकर्ताले हेरेर मात्र निर्णय लिन उपयुक्त देखिन्छ ।

लगानी गर्दा Money Management Risk Factor लाई सधैं आत्मसात गर्नुपर्ने हुँदा यसबाट हुने हानी नेक्सानीमा स्वयं जिम्मेवार हुनुपर्नेछ ।




Wednesday, May 26, 2021

तेस्रो त्रैमासिक रिपोर्ट अनुसार ३२ वटा हाइड्रो कंपनीहरुकाे अवस्था

आ.ब ०७७/७८ को तेस्रो त्रैमासिक रिपोर्ट अनुसार ३२ वटा हाइड्रो कंपनीहरु मद्धे १३ वटा हाइड्रो कंपनीहरुको वास्तविक मूल्य (Book Value) अझै १०० भन्दा कम रहेको छ । यस्को खास कारण ति कंपनीहरुले उत्पादन नै सुरु गर्न नसक्नु अथवा रिजर्भ कोष (Reserve ) ऋणात्मक भएर नै हो । दोस्रो बजारमा शेयरको खरीद विक्रिको लागि कंपनीहरुको वास्तविक मूल्य (Book Value) लाई पनि महत्वपूर्ण आधार मानिन्छ । त्यस्तै गरी कंपनीको प्रति शेयर मूल्य (EPS), पि.इ रेसियो (P.E Ratio) तथा रिर्जभ (Reserve) कोषलाई पनि अर्को महत्वपूर्ण आधार मानिन्छ । त्यस बाहेक ग्राहाम (Graham's Fair Value) फेयर भ्यालुलाई पनि स्मार्ट इन्भेष्टरहरुले त्यति नै महत्व दिने भएकोले सोहि आधारमा ३२ वटा हाइड्रो कंपनीहरुको विवरण प्रस्तुत गरिएकोछ ।

SN

COMPANY

PAID UP

RESERVE

EPS

P.E

Book
Value

GRAHAM'S F. VALUE

1

DHPL

264000

-193094

-9.12

-25.4

26.86

-

2

AKJCL

800000

-287621

-4.63

-51.4

64.05

-

3

NHPC

1385911

-332974

-0.64

-334.4

75.97

-

4

PMHPL

1100000

-211456

-1.47

-200.7

80.78

-

5

PPCL

962500

-110597

4.08

88.5

88.51

90.14

6

MHNL

1250000

-142591

1.76

215.3

88.59

59.23

7

UNHPL

750000

-74278

1.59

147.8

90.10

56.77

8

LEC

1500000

-146573

-3.04

-123.0

90.23

-

9

UPPER

10590000

-825622

-0.44

-1888.6

92.20

-

10

UMRH

420000

-27315

5.68

91.6

93.50

109.31

11

GHL

550000

-27997

-5.95

-41.5

94.91

-

12

SJCL

3285000

-158740

-0.85

-534.1

95.17

-

13

RHPL

6157890

-226449

-0.53

-924.5

96.32

-

14

SSHL

1430400

 

 

293.0

100.00

-

15

BARUN

267908

8066

2.61

186.2

103.01

77.78

16

CHL

297675

11175

4.77

85.5

103.75

105.52

17

RHPC

585558

22467

4.87

76.2

103.84

106.67

18

UPCL

2100350

119270

1.16

240.5

105.68

52.52

19

UMHL

1150000

65787

6.11

49.1

105.72

120.56

20

AHPC

1572359

97722

6.04

73.5

106.22

120.15

21

NGPL

589110

41627

6.35

58.3

107.07

123.68

22

SPDL

733250

63481

11.39

37.1

108.66

166.87

23

RRHP

560000

54884

9.16

45.5

109.80

150.43

24

API

2496719

280136

6.73

50.8

111.22

129.77

25

AKPL

1585650

205760

17.09

24.6

112.98

208.43

26

MEN

1968027

344416

3.39

238.9

117.50

94.67

27

KPCL

600000

124886

13.80

29.1

120.81

193.68

28

SHPC

2808410

613576

16.15

27.0

121.85

210.42

29

RURU

407706

122759

20.04

53.5

130.11

242.21

30

RADHI

473557

245560

17.63

55.0

151.85

245.43

31

CHCL

6280730

3684593

10.93

64.5

158.67

197.54

32

BPCL

2952270

3999181

20.71

23.1

235.46

331.24


लगानी गर्दा Money Management  Risk Factor लाई सधैं आत्मसात गर्नुपर्ने हुँदा यसबाट हुने हानी नेक्सानीमा स्वयं जिम्मेवार हुनुपर्नेछ ।