Saturday, May 15, 2021

आगामी हप्ताको लगानीयोग्य कंपनीहरुको विश्लेषण

 

आगामी हप्ताको लगानीयोग्य कंपनीहरुको विश्लेषण

(Published Date - 2021-5-15)

 यस साताको लागि लगानीयोग्य कंपनीको छनोटको लागि Technical Fundamental अवस्थाको बारेमा जानकारी लिई कंपनीको छनोट गर्न उपयुक्त हुन्छ । यसका लागि पहिलो खण्डमा नेप्सेको छोटो Technical Analysis गरिएको छ ।

यस साता नेप्से Technical Indicator हरुको झुकावः

नेप्सेको Major Trendline Supports Resistance हरुः

पहिलो सपोर्ट (1st Support) : २७५०       दोस्रो सपोर्ट (2nd Support): २८७०

पहिलो रेसिस्टेण्ट (1st Resistance): २६२०         दोस्रो रेसिस्टेण्ट (2nd Resistance) : २५६०

Moving Average : नेप्सको कारोवार २००, ५० र २० को Moving Average Line माथि नै भएकोले नेप्सेको Bullish Trend अझै Valid देखिन्छ ।

Bollinger Band: यस साता Bollinger Band  सिधा लाइन र हल्का खुम्चन खोजेको आभास भएकोले खरीदकर्ताको चाप हल्का कमजोर भएको देखिन्छ तथापी Volume ले साथ दिइरहेकोले नेप्सेको Bullish Momentum कायमै छ ।

RSI : ५८ को हाराहारीमा रहेको र Upward Direction समातिरहेकोले बजार Bullish Zone  मै देखिन्छ ।

MACD : यो हप्ता MACD ले विस्तारै Neutral Zone बाट Positive Zone तिर जाने संकेत गरेको र Histogram पनि Positive Zone मा पुगेकोले बजारमा खरीद चाप बढ्न सक्ने संकेत गरेको देखिन्छ ।

ADX : DI  Line ले अझै Positive Direction नै देखाएको अवस्था छ ।

Price Action
Price Action:  नेप्सेले Higher High Higher Low बनाउँदै अगाडि बढी रहेको अवस्थामा Dow Theory अनुसार नेप्से Bullish नै देखिन्छ । Trend Line को आधारमा नेप्सेले २७५० को Resistance Line लाई तोड्न सकेको खण्डमा नेप्से २८०० को आसपास पुग्न सक्ने संकेत गरेको छ ।

कंपनीहरुको छोटो Fundamental Analysis :

बजारमा लगानीयोग्य कंपनीहरुको छनोट पूर्व लगानीकर्ताहरुले लामो वा छोटो समय (Long term or Short term ) मद्धे कुनको लागि हो स्पष्ट हुनु पर्दछ । सामान्यतया लामो समयको लागि लगानी गर्दा कंपनीको Fundamental अवस्थाको सुक्ष्म विश्लेषण पश्चात मात्र लगानी गर्नु पर्दछ भने छोटो समयको लागि लगानी गर्दा Technical Indicator ले दिशानिर्देश गरे बमोजिम लगानी गर्नुपर्ने अन्तराष्ट्रिय मूल्य र मान्यता रहदैं आएको छ ।

Fundamental Technical दुवैले १०० प्रतिशत सुद्धता (100% Accuracy) हुदैंन तापनि ६० देखि ७० प्रतिशत सुद्धताको (60% to 70% accuracy) लागि यस्ता विश्लेषणहरु सहायक सिद्ध हुन सक्दछन् ।

साना कंपनीहरुको शेयर एकत्रित गरी वा बजारमा अफवाह फिजाएर पनि मूल्यमा ब्यापक उतारचढाब ल्याउन सक्छन् । यस्ता कारणबाट साना तथा अरुको हल्लाको पछाडि कुद्ने लगानीकर्ताहरु नराम्ररी फस्न सक्दछन् । यसका लागि कसैलाई दोष लगाएर हुंदैन बरु लगानीकर्ता स्वयं स्मार्ट (Smart Investor) हुन आवश्यक छ ।

कंपनीहरुको Fundamental अवस्थाको बारेमा जानकारी दिँदा केहि Sector र कंपनीहरुको विश्लेषण गर्न उपयुक्त देखिन्छ ।

Hydro Sector को कुरा गर्नुपर्दा नेपालका ८० प्रतिशत भन्दा बढी Hydro ऋण मुक्त नभएको अवस्थामा वर्तमान बैंकको ऋणको औसत व्याजदर घटेको कारण Hydro लाई केहि राहत पुगेको छ । जसको कारण तिनको EPS बढेको छ । अधिकांश Hydro रनअफ रिभरमा आधारित हुँदा बर्षादको समयमा बढी विद्युत उत्पादन हुने र कंपनीको आम्दानी बृद्धि हुने तथा हिँउदमा विद्युत कम उत्पादन भई आम्दानी घट्ने अवस्थामा छन् । यसर्थ अधिकांश Hydro को पहिलो र चौथो त्रैमाशिक रिपार्ट (1st & 4rth report) राम्रो आउने तथा दोस्रो र तेस्रो त्रैमाशिक रिपोर्ट (2nd & 3rd report) कमजोर आउने गर्दछ । यस कारण लगानी गर्ने लगानीकर्ताहरुले यस्ता कारणहरुलाई पनि आधार मानेर लगानीको निर्णय गर्न उपयुक्त हुन्छ ।

 माथिको मात्र कारणले सधैं राम्रो मुनाफा गर्ने कंपनीहरुको मात्र मूल्य बढ्छ भन्ने हैन किनकी माथि भने बमोजिम साना कंपनीहरुको शेयर एकत्रित गर्ने (Share Cornering) कारण, बजारमा गलत अफवाह (Rumer)  फिजाएर कारोवार गर्ने कारण वा Technically Green Signal दिएका कंपनीहरुमा खरिद चाप बढाउने कारण पनि कंपनीहरुको मूल्य बढ्ने हुन्छ । उदाहरणको लागि      KKHL, GHL, DHPL, JOSHI, CORBL, NABBC, UIC, etc जस्ता कंपनीहरुको विविध कारणले औषत वित्तिय अवस्था त्यति संतोषजनक नभएको वा तिनको आम्दानी भन्दा खर्चको अनुपात बढ्न गएको वा ति कंपनीहरुको वर्तमान अवस्थालाई Fundamentally Support नगरेको अवस्थामा पनि मूल्य बढेको पाइन्छ तर त्यस्ता कंपनीहरुमा लगानीकर्ताहरुले लगानी गर्नुपर्दा लामो समयको लागि नभइ अतेन्त छोटो समयको लागि मात्र लगानी गर्दा सुरक्षित र नाफा कमाउन सकिने वा लगानी नडुब्ने हुनसक्छ ।

त्यस्तै आजकल बजारमा राष्ट्रिय गौरबको अपर तामाकोसी (UPPER) को बारेमा पनि ब्यापक टिकाटिप्पणी भएको पाइन्छ । तत्कालिन अवस्थामा अपर तामाकोसी (UPPER) को PPA Rate ज्यादै न्यून हुनु, समय लम्बिदैं जाँदा लागत थपिदै जानु र ऋणको भार अत्यधिक भएकोले अहिलेकै ऋण संरचना र वर्तमान PPA Rate को संरचनामा  कुनै परिवर्तन नभएसम्म त्यसबाट लगानीकर्ताहरुलाई लामो समयसम्म प्रतिफल दिन मुस्किल हुने जल विज्ञहरुको तर्क छ तथापि Technical Signal को आधारमा छोटो समयको लागि गरिने लगानीबाट लगानीकर्ताहरुले पटक पटक मनग्यै फाइदा प्राप्त गरिरहेको अवस्था पनि विद्यमान छ ।

Fundamentally बलिया तथा औसतमा राम्रो प्रतिफल दिन सक्ने कंपनीहरु :

Banking Sector : औसतमा यस Sector का प्राय सबैं बैंकहरु प्रतिफल र Long Term Investment का हिसावले सुरक्षित मानिन्छ ।

 Development Bank :  औसत भन्दा माथिका  MNBBL, GBBL, KSBBL, LBBL, JBBL, EDBL, MDB etc जस्ता विकास बैंकहरु लगानीको हिसावले अझ सुरक्षित मानिन्छन् । CORBL, NABBC GRDBL etc जस्ता केहि विकास बैंकहरु वित्तिय र सुसाशनको हिसावले वर्तमान अवस्थामा कमजोर मानिन्छन् ।

Finance : केहि Finance Company छोडेर औसतमा सवै फाइनान्स लगानीका हिसावले वर्तमान अवस्थामा सुरक्षित मानिन्छन् । विगतमा डुवेका वा लगानी व्यवस्थापन उचित तरिकाले हुन नसक्दा थला परेको वा राष्ट्र बैंकको खराव सुचिमा परि हाल फुकुवा भैसकेका कतिपय फाइनान्सहरु भने तंग्रिने अवस्थामा छन् ।

Insurance Sector: तुलनात्मक रुपमा Life Insurance को संख्या कम भएको र लगानीको हिसावले सुरक्षित मानिन्छन् । Non Life Insurance मा UIC को अवस्था औषतमा अलि कमजोर देखिए पनि सामान्यतया लगानीयोग्य नै मानिन्छन् । Non Life Insurance को कुरा गर्दा प्राप्त खुद आम्दानीको ५० प्रतिशत (50% ) नाफा सिधै विमा कोषमा राख्नुपर्ने वाध्यकारी नियमले गर्दा कमाइको आधारमा प्रतिफल कम हुने भएता पनि कंपनीको सुरक्षा भने मजबुत नै छ ।

Hotel: नेप्सेमा Listed होटेलहरुले राम्रै प्रतिफल दिदाँ दिदै पनि वर्तमान प्रतिकुल अवस्थामा चलायमान हुन नसक्दा नोक्सानी बढ्दोक्रममा रहेको देखिन्छ । लगानी गर्दा सुरक्षा अपनाउनुपर्ने देखिन्छ ।

Manufacturing: औषतमा केहि अपवाद बाहेक यस सेक्टरका क‌पनीहरु वर्तमान अवस्थामा लगानीको लागि उपयुक्त नै देखिन्छ ।

Hydro : लामो समयको लागि लगानीगर्दा यस अघि माथि विश्लेषण गरिए झैं उपयुक्त Hydro कंपनी छनोट गरी लगानी गर्दा सुरक्षित हुने देखिन्छ ।

Others: यस समूहमा पर्ने मध्दे नेपाल टेलिकम (NTC) लगानीको लागि औषत भन्दा बढी नै सुरक्षित रहेको छ । तेस्रो त्रैमासमा भने यसकाे नाफामा संकुचन आएको छ ।

निष्कर्ष : वर्तमान अवस्थामा लगानीकर्ताहरु स्वयंले कंपनीको विश्लेषण नगरी ज्यादै बढ्दै गएको शेयरको पछाडी कुद्ने, वित्तिय अवस्था नाजुक वा सुशासन नभएका वा कर्नरीङ भएका कंपनीहरुमा लगानी गर्न पुग्दा तत्कालको लागि बाहेक लामो समयको लागि यस्ता कंपनीहरुको छनोट हुँदा लगानीकर्ताहरु फस्न सक्ने सम्भावना रहन्छ ।

तेस्रो त्रैमासिक रिपार्टको आधारमा ३८ वटा माइक्रोफाइनान्सको EPS P.E Ratio यहाँ प्रस्तुत गरिएको छ । खासगरी लामो समयको लागि लगानी गर्दा कंपनीको प्रति शेयर आम्दानी र मूल्य आम्दानी अनुपातलाई आधार मानिन्छ ।

SN

COMPANY

MP

PAID UP

RESERVE

EPS

P.E

1

GGBSL

830

27625

-7266

-17.69

-46.9

2

AKBSL

465

100000

69770

38.74

12.0

3

NAGRO

720

57244

49270

54.80

13.1

4

SPARS

972

112029

47432

41.84

23.2

5

CBBL

1780

1830000

2900834

69.64

25.6

6

NADEP

1039

404800

326848

37.47

27.7

7

DDBL

1789

1156249

1135531

59.75

29.9

8

NUBL

1735

1695000

2623473

56.23

30.9

9

MSMBS

1259

146410

76079

40.02

31.5

10

GBLBS

1278

982500

749378

38.79

33.0

11

GILB

2830

330884

278190

85.26

33.2

12

SKBBL

1678

1251531

2180090

49.58

33.8

13

ILBS

1815

260650

146421

53.56

33.9

14

ALBSL

1836

267131

153533

53.28

34.5

15

VLBS

1867

266597

162376

53.43

34.9

16

SABSL

1846

206027

93180

51.30

36.0

17

LLBS

2369

320045

329822

65.70

36.1

18

NMFBS

3770

319495

383769

103.98

36.3

19

SMATA

1166

275208

135011

31.97

36.5

20

FOWAD

2930

625519

1053699

77.07

38.0

21

MMFDB

1730

432592

256283

45.46

38.1

22

MLBBL

1999

136350

131773

50.04

40.0

23

SLBBL

1483

411279

165288

36.52

40.6

24

SDLBSL

1613

256980

94092

39.34

41.0

25

NLBBL

1820

493878

590893

41.39

44.0

26

SMFBS

2540

92050

50618

57.32

44.3

27

RMDC

1180

1034222

1719584

26.47

44.6

28

ACLBSL

1630

286763

124206

36.42

44.8

29

SNLB

1678

235386

169073

37.11

45.2

30

SMFDB

1545

394300

202471

33.87

45.6

31

MERO

1823

1000000

480170

39.54

46.1

32

USLB

2488

176170

114102

52.90

47.0

33

WOMI

1694

411944

244925

35.11

48.3

34

NMBMF

1509

539805

293337

31.27

48.3

35

KMCDB

1424

277563

177788

28.87

49.3

36

MLBSL

4585

100000

191839

85.66

53.5

37

SLBS

1817

248043

141285

33.79

53.8

38

NICLBSL

1772

1739440

795302

32.73

54.1

39

GLBSL

1783

83400

38298

32.36

55.1

40

CLBSL

1462

242122

112893

26.53

55.1

41

FMDBL

822

876811

233580

14.88

55.2

42

SMB

2399

66000

40172

42.99

55.8

43

MSLB

2270

223944

221583

39.79

57.1

44

KLBSL

1694

392809

183038

29.40

57.6

45

RSDC

873

731960

138665

13.89

62.9

46

GMFBS

1715

127357

39874

26.65

64.4

47

SLBSL

1425

132000

66505

17.28

82.5

48

SWBBL

1716

943000

1293118

20.20

85.0

49

JSLBB

3680

118325

126725

39.62

92.9


लगानी गर्दा Money Management Risk Factor लाई सधैं आत्मसात गर्नुपर्ने हुँदा यसबाट हुने हानी नेक्सानीमा स्वयं जिम्मेवार हुनुपर्नेछ ।


No comments:

Post a Comment