(Published Date 2021-05-30)
शेयर बजारमा लामो समय अनुसन्धानमा संलग्न विज्ञहरुले के कुरा पत्ता लगाएका छन् भने यो एउटा निरन्तर निश्चित चक्रमा (cycle) चल्ने गर्दछ । बजार घट्नु र बढ्नु यस्को विशेषता हो त्यसैले गर्दा नै यस्ले निरन्तरता पाएको छ । खास गरी शेयर बजार २ देखि ४ वर्षको बुलिस र वियरिस (Bullish & Bearish) चक्रमा चल्ने गरेको इतिहासले पुष्टी गर्दछ तर यस पटकको चक्र यति नै हो भन्न भने कसैले सक्दैन ।
नेपालको शेयर बजारले पनि अन्तराष्ट्रीय चक्रलाई पछ्याउँदै आएको छ । यस मानेमा नेपाली शेयर बजारले पनि हालै मात्र लामो वियरिस चक्र (Bearish Cycle) पुरा गरी बुलिस चक्रमा प्रवेश गरेकोमा यस्को निरन्तरता करीब ४ वर्षको हुने अनुमान गरिएकोछ ।
विगतको वियरिस चक्र पश्चात बुलिस चक्रमा प्रवेश गरेको शेयर बजारले झण्डै ६ गुणाको बृद्धि (Six times Increased) गरेको हुँदा यस पटकको बुलिस चक्रले पनि सोहि अनुपातमा बृद्धि गर्ने हो भने आगामी ३ देखी ४ वर्षको विचमा नेप्से झण्डै ६६०० देखी ९००० को हाराहारीमा पुग्ने विज्ञहरुले अनुमान गरेका छन् ।
बजारको स्थायित्वको लागि बृद्धिसगंसगैं करेक्सन (Correction) आउनुपर्दछ । जति धेरै बृद्धि हुन्छ सोहि अनुपातमा करेक्सनको मात्रा पनि बढी हुन्छ । चाहे वियरिस वा चाहे बुलिस जुनसकुै अवस्थामा पनि बृद्धि र करेक्सनको मात्राको अनुपात दर लगभग उस्तै उस्तै हुन्छ ।
Bollinger Band, MACD, ADX Line |
बजारको बृद्धि कहाँसम्म होला र करेक्सन आउला भन्नको लागि शेयर बजारको टेक्निकल एनालिसिसले (Technical Analysis) मद्धत गर्दछ । हुनत विभिन्न इन्डिकेटरहरुले फरक फरक अनुपातमा बजारको उतार चढाबलाई संकेत गरेको पाइन्छ तर पनि अधिकांश इन्डिकेटरहरुले जुन कुराको संकेत गर्दछ त्यसलाई अनुशरण गर्ने हो भने सफलताको मात्रा ६० प्रतिशत वा सो भन्दा बढी पुग्ने विज्ञहरुको तर्क छ ।
नेपाली शेयर बजारमा विगतमा १८८१ बाट आएको लामो करेक्सन उतार चढाबको विच झण्डै ११०० को हाराहारीमा आएर रोकिएको थियो । त्यसरी नै अहिले ११०० को हाराहारीबाट बढ्न थालेको बजार विभिन्न उतार चढाबका विच गत हप्ता २८१५ को हाराहारीमा पुगेको छ । गत केहि दिनदेखी बजार साइडवेजमा (Sideways) चलेको देख्न सकिन्छ ।
विभिन्न टेक्निकल इन्डिकेटरको संकेतलाई अनुशरण गर्ने हो भने गत हप्ता झैं यस हप्ता पनि पर्ख र हेर को अवस्थामा बजार रहेको बुझ्न सकिन्छ ।
RSI र MACD ले बजारलाई अझै Bullish Signal दिइरहेको भए पनि नेप्सेले Bollinger Band को माथिल्लो Band छोएर अलि तल आएकोले बजार Correction Mode मा पुगेको हो कि भन्ने संकेत गरेको छ ।
ADX Line ले बजार बढ्न सक्ने कुराको पुष्टी नगरेको अवस्थामा घटी हाल्ने पनि स्पष्ट संकेत गरेको छैन । Histogram मा पनि केहि Negative Turn आएको छ । यस मानेमा बजारको केहि दिनको कारोबारलाई लगानीकर्ताले हेरेर मात्र निर्णय लिन उपयुक्त देखिन्छ ।
लगानी गर्दा Money Management र Risk Factor लाई सधैं आत्मसात गर्नुपर्ने हुँदा यसबाट हुने
हानी नेक्सानीमा स्वयं जिम्मेवार हुनुपर्नेछ ।
No comments:
Post a Comment