Saturday, January 20, 2024

Out Performing/ Leading Stock कसरी छनोट गर्ने :

 शेयर बजारमा प्रवेश गर्ने नयाँ तथा पुराना लगानीकर्ताको सधैंको टाउको दुखाइको मूख्य विषय भनेको राम्रो र धेरै मुनाफा दिने कंपनी कसरी छनोट नै हो । अझ धेरैको मुखबाट बारंबार सुनिने कुरा भनेको मैले शेयर किनिसकेपछि घट्ने र बेचि सकेपछि बढ्ने गर्दछ । यस श्रृंखलामा Out Performing/ Leading Company को छनोट विधिको बारेमा चर्चा गरिएको छ ।

Best Performing वा Leading Company को छनोट गर्दा समग्र Nepse को Trend कस्तो छ र Nepse अन्तर्गतका Sector को Performance कसरी अगाडी बढिरहेको छ सो को अध्ययन गर्नुपर्दछ ।  Nepse यदि Down Trend मा छ वा Sideways मा छ तर केहि Sector वा Stock को Trend भने त्यसको विपरित Up Trend मा छ भने हामीले बुझ्नुपर्दछ कि त्यस Sector वा Stock मा केहि न केहि भित्री कुरा लुकेको छ अर्थात त्यस Sector वा Stock मा Institutions वा Big Investors छिरेको हुनुपर्दछ । भविष्यमा राम्रो Report  आउनेवाला छ वा केहि नयाँ शुभ समाचार आउनेवाला छ । यस्तो Trend पत्ता लगाउन चार्टमा Nepse को अलावा अन्य Sector वा Stock को Chart हरुलाई Overlay गरेर हेर्न सकिन्छ । यसरी Overlay गरेर चार्ट Analysis गर्दा कुन Sector वा Stock को Performance कति प्रतिशत बढी वा घटी छ सजिलै पत्ता लाग्दछ । नेप्सेको चार्टभन्दा तल वा माथि कुन कुन Sector छन् र कसरी Perform गरिरहेका छन् Chart Analysis बाट स्पष्ट हुन्छ नै । मानौ Nepse Index Sideways मा चलिरहेको छ भने त्यस्तो अवस्थालाई Neglect Phase  भनिन्छ । यदि यस्तो Phase मा पनि कुनै Sector uptrend मा छ भने त्यस भित्रको कंपनीहरुको अवस्थाको वारेमा चार्ट एनालाइसिस गर्नुपर्दछ । यदि Smart Investors वा Big Investors हरु त्यस Sector भित्रका कंपनीमा प्रवेश गरका छ भने बजार Sideways वा Down trend हुँदा पनि Sector वा Company को ग्राफ भने uptrend मा जादैं गरेको देखिन्छ । 


अझ ध्यान दिनुपर्ने कुरा त Neglect Phase चल्दैगर्दा कुनै Sector वा Stock ले Trend Break गर्दछ भने त्यस्तो Sector वा त्यस भित्रको Stock लाई Deeply Study गरेर Watchlist मा राख्नुपर्दछ र Technical Indicator हरुको प्रयोगको माध्यमबाट अन्य जानकारी लिन सकिन्छ ।

अव त्यस्ता Best Performing वा Leading Stock को छनोट गर्दा कहिले काहीं False Breakout हुन्छ र त्यस्तो False Breakout बाट बच्नको लागि त्यस्ता कंपनीहरुको अन्य इन्डिकेटरहरुको अवस्था पनि बुझ्नु पर्दछ । सर्वप्रथम त त्यस्ता कंपनीको कारोवार कम्तीमा पनि २०० दिन भएको छ छैन अध्ययन गर्ने अनि त्यसपछि नेप्से बढ्दाको अवस्थामा कति प्रतिशत र नेप्से घट्दा कति प्रतिशत घट्छ सो को समेत अध्ययन गर्नुपर्दछ किनकी Big Investors वा Institutions प्रवेश गरेको Stock को मूल्य नेप्सेसगैं त्यति नै मात्रामा घट्दैन । या त कम प्रतिशत घट्छ वा Sideways चल्छ वा अझ बढ्छ नै ।

त्यसरी नै यस्ता Best Performing वा Super Performer Stock हरुले Higher High को श्रृंखला बनाएको हुनुपर्दछ ।

यसको अलावा Simple Moving Average मा पनि क्रमशः Lower Time Frame को Moving Average ले Higher Time Frame को Moving Average लाई काटेर माथि जान थाल्छ । अन्ततः सबै Moving Average भन्दा माथि नै उक्त Stock को Trading भैरहेको हुन्छ ।

जब Earlier Stage बाट Advance Stage मा उक्त Stock को Price पुग्दैगर्दा P.E Ratio पनि Average P.E भन्दा बढी हुन्छ । यस्तो बेला सामान्य लगानीकर्ताहरुले भने बजार प्रबेशमा डराउने वा मूल्य अधिक भयो भन्ने गर्दागर्दै बजार धेरै माथि पुग्दछ । कतिपय लगानीकर्ताहरु भने Market Correction विन्दुको प्रतिक्षामा रहेका हुन्छन् तर समग्र Nepse को Correction आउँदा पनि उक्त Stock को Correction विन्दु प्रवेश गर्न चाहेका लगानीकर्ताले सोचे भन्दा माथि नै हुन्छ र माथिबाटै पुनः उकालो लाग्दछ । यसरी अधिकांश लगानीकर्ताहरु उक्त स्टक खरीद गर्नबाट बन्चित हुन्छन् । जब बजारमा त्यस्ता स्टकहरुको राम्रा राम्रा समाचार आउन थाल्दछन् तब नयाँ लगानीकर्ताहरु भने त्यस्ता स्टक प्रति आकर्षित हुन्छन र High Demand श्रृजना हुन्छ । त्यतिबेला भने ठूला लगानीकर्ताहरु भने आफूसँग भएको ठूला मात्राको शेयर बेचेर बाहिर जान सक्छन् । 


No comments:

Post a Comment