Saturday, May 8, 2021

आगामी साता खरीद विक्री गर्न लायक शेयरहरुको विवेचना ( Fundamental & Technical Analysis को आधारमा):

 

आगामी साता खरीद विक्री गर्न लायक शेयरहरुको विवेचना  ( Fundamental & Technical Analysis को आधारमा):

(Publish Date: 2021-05-08)

लामो समयदेखि यस पेजलाई Follow गर्दै आउनुभएका सम्पूर्ण लगानीकर्ताहरु समक्ष Nepal Stock Update ले उद्घोष गरे अनुरुप नै यस हप्तादेखी Fundamental को अलावा Technical विश्लेषणको आधारमा समेत कुन कुन शेयर खरीद वा विक्रि गर्ने भन्ने छोटो विवेचना गरिनेछ ।

पहिलो खण्डमा कंपनीको Fundamental र Technical Analysis को विचमा हुने आधारभुत फरकलाई संक्षेपीकरण गरिएको छ ता कि लगानीकर्ताहरुले आफुलाई कुन वर्गमा उभ्याएर पोजिसन (Position) लिने भन्ने स्पष्ट होस् ।

Fundamental विश्लेषणः

कंपनीले प्रकाशित गर्ने वित्तिय विवरणका आधारमा कंपनीको वर्तमान अवस्थाको चिरफार गर्न तथा कंपनीको वास्तविक मूल्य वा मूलभुत मूल्य ( Intrinsic Value ) पत्ता लगाउन सहज हुन्छ ।

Long-term Position लिने लगानीकर्ताहरुको लागि Fundamental  विश्लेषण कोसे ढुंगा सावित हुने हुँदा वित्तिय विवरणमा उपलब्ध Static Value को आधारमा Stock (Scripts) छनोट गरी लगानी गर्न उपयुक्त हुन्छ ।

यसमा खासगरी कंपनीको Financial Report ले नै महत्वपूर्ण भूमिका निभाउने हुँदा विगतका र वर्तमानमा प्रकाशित रिपोर्टलाई  मूख्य आधार मानेर नै लगानीकर्ताहरुले आफ्नो लगानी गर्ने गर्दछन् ।

Technical विश्लेषणः

यसमा खासगरी लगानीकर्ताको लगानी सेन्टिमेन्टको आधारमा तयार हुने विभिन्न Chart Pattern  Trend Line का आधारमा कंपनीको भविष्यमा हुने मूल्यलाई अनुमान गरी लगानी गर्ने गरिन्छ ।

Technical Analysis ले Short term लगानीकर्ता अझ भनौ Traders को लागि फाइदा पुर्याउँछ ।

बजारमा प्रवेश गर्ने विन्दु र बाहिर निस्कने विन्दु (Entry & Exit Point) पत्ता लगाउन सहज हुन्छ ।

कंपनीको Past Data को आधारमा Chart Pattern वा Trend Line बन्ने हुँदा लामो समय होल्ड गर्ने लगानीकर्ताको लागि यो विश्लेषण प्रभावकारी हुँदैन बरु छोटो समयको लागि अझ भनौं Swing Traders को लागि बढी प्रभावकारी हुन्छ ।

Fundamental Technical Analysis मा फरकताः

Fundamental Analysis ले कंपनीको विगत र वर्तमानमा भएको वित्तिय अवस्थाको एकदम राम्ररी विश्लेषण गरी सोहि अनुपातमा यसको भविष्यमा हुनसक्ने मूल्य निर्धारण गर्न मद्धत पुग्ने भएकोले लामो समयको लागि लगानी गर्ने लगानीकर्ताको लागि अति नै उपयुक्त हुन्छ तर यस विश्लेषणले तत्काल लगानीकर्ताले कुनै पनि कंपनी प्रति देखाएको झुकाव वा सेन्टीमेन्टलाई वेवास्था गर्ने हुँदा  Short term लगानीकर्ताको लागि घातक हुन पनि सक्दछ । त्यसरी नै Technical Analysis ले कंपनीको वित्तिय विवरणलाई पुरै नकार्ने , मतलव नराख्ने र तत्काल लगानीकर्ताले कुनै पनि कंपनी प्रति देखाएको झुकाव वा सेन्टीमेन्टलाई मात्र अध्ययन गर्ने हुँदा Short Term लगानी कर्ताको लागि Technical Analysis कोशे ढुंगा सावित हुनसक्छ भने Long Term लगानीकर्ताको लागि Technical Analysis अभिसाप पनि हुनसक्छ ।

Nepse Technical Analysis :

Moving Average (MA)  ५० र २०० को आधारमा नेप्सेको चार्टले Higher High नै बनाउँदै गएको अवस्थामा नेप्सेको बुलिस ट्रेण्ड (Bullish Trend) अझै भ्यालिड छ ।

One Day Chart को आधारमा यस हप्ता Higher High बनाउन नसकेको अवस्थामा नेप्सेको केहि Correction आउने सम्भावना पनि जिवित छ ।

RSI  ४० र ६० को विचमा रहेसम्म Sideways Movement को संकेत गर्ने हुँदा अहिलेको RSI ५० को नजिक भएकोले Sideways कै संकेत दिएको देखिन्छ ।

MACD ले अझै Sales Signal नै दिइरहेको अवस्था छ ।

ADX Line को सन्दर्भमा Plus DI Negative Turn Minus DI Positive Turn हुन खोजिरहेको अवस्थामा केहि पर्ख र हेरको अवस्थामा देखाउँछ ।

Near Supports Line क्रमशः २५७०, २५०० र २३६० को नजिक देखाउँछ भने Near Resistance क्रमशः २७५०, २८६०, २९०० को छेउछाउ देखाउँछ ।

निश्कर्ष : विभिन्न Indicators को आधारमा आगामी हप्ताको अघिल्ला दिनहरुमा पर्ख र हेरको संकेत गरिरहेको र त्यसको आधामा मात्र Action  लिनुपर्ने देखिन्छ ।

आगामी हप्ताको लागि खरीद वा विक्रि गर्न लायक शेयरहरु : (Technical Analysis आधारमा)

प्राविधिक विश्लेषणको आधारमा समग्रमा भन्नुपर्दा आउने हप्ताको सुरुका केहि दिन नेप्से पर्ख र हेर को अवस्थामा देखिएकोले हुँदा Sector wise Scripts हरुले पनि सोहि प्रकारको Behavior देखाउन सक्ने आधारमा Extremely Bullish or Extremely Bearish देखाएको केहि स्टक बाहेक अन्यको लागि पर्ख र हेर कै अवस्थामा रहन उपयुक्त देखिन्छ । नेप्सेले आउँदो हप्ताको सुरुकै दिनबाट बुलिस Behavior देखायो भने केहि समय होल्ड गर्ने हिसावमा Example: CIT, SRBL, NLG जस्ता कंपनीहरु खरीदको लागि छनोट गर्न सकिन्छ ।

 

त्यस्तै कहिले काहिँ कतिपय इन्डिकेटरहरुले सकारात्मक दिशा देखाउँदा देखाउँदै पनि Fundamentally सपोर्ट नगर्दा एक्कासी दिशा परिवर्तन गर्नसक्छ । विगतमा पनि कयौं नयाँ भरखर खुलेका शेयर र कतिपय पुराना शेयरहरुमा यस्तो प्रवृति देखिएको हुँदा आउँदो हप्ताको लागि MLBSL ले नकारात्मक दिशा तय गर्न सक्ने अनुमान गर्न सकिन्छ जसरी BBC ले एक्कासी दिशा परिवर्तन गरी  Extremely Bullish बाट Extremely Bearish दिशा तय गर्यो । अतः आगामी हप्ताको लागि  MLBSL, BBC शेयरहरुमा विक्रि चाँप बढ्न गई मुल्य तल झर्ने सम्भावना प्रवल रहेको देखिन्छ ।

कंपनीले प्रकाशित गरेको तेस्रो वित्तिय विवरणका आधारमा Fundamentally बलिया देखिएका वा प्रति शेयर आम्दानी र पि.इ रेसियो (Per Share Income & PE Ratio) को आधारमा सकारात्मक ( Positive Ratio only) देखिएका टप १० शेयरहरुको विवरणः

S.N

COMPANY

PAID UP CAPITAL
(,000)

RESERVE
(,000)

EPS

P.E

1

LFC

236,875

12,759

59.97

2.1

2

MFIL

965,395

665,518

51.68

9.9

3

GUFL

867,994

829,662

41.93

11.3

4

KSBBL

2,651,964

1,176,113

29.39

11.7

5

AKBSL

100,000

69,770

38.64

12.0

6

GFCL

867,200

618,193

23.01

12.3

7

JBBL

3,844,823

1,289,133

20.84

12.6

8

NAGRO

57,244

49,270

54.66

13.2

9

ICFC

1,024,266

446,682

23.10

13.7

 

यहाँ प्रकाशित हुने नियमित Post हरुलाई Nepal Stock Update काे आफ्नै Blog -https://nepalstockupdate.blogspot.com/ मा समेत सुरक्षित गरिनेछ ।

 

लगानी गर्दा Money Management Risk Factor लाई सधैं आत्मसात गर्नुपर्ने हुँदा यसबाट हुने हानी नेक्सानीमा स्वयं जिम्मेवार हुनुपर्नेछ ।

 

No comments:

Post a Comment